'रवि लामिछानेमाथि सरकारले अन्याय गर्यो'
काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. सुनिल शर्माले रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद् शर्माले यस्तो बताएका हुन् । उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे । उनले कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए ।
उनले सरकारले रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भए पनि अहिलेसम्म अमानवीय व्यवहार गरिएको स्पष्ट पारे । उनले अनुसन्धान भन्दै विभिन्न जिल्लामा पुर्याउने काम गरेकोप्रति आपत्ति जनाए । उनले गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय भए पनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताए ।
सांसद् शर्माले भने‚ ‘सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गर्यो। अनुसन्धान गर्ने कुरा सरकार, प्रहरी र कानूनको दायरामा पर्ने विषय हो तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ। मध्यरातमा अमानवीय तरिकाले ठाउँ सार्ने काम राम्रो होइन। सरकारले पूर्वगृहमन्त्रीलाई जनावरको जस्तो व्यवहार गरेको छ। सरकारमा कम्युनिष्ट पार्टी मात्रै छैन। नेपाली काँग्रेस पनि छ। म नेपाल सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलाई तत्काल तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गरियोस् भन्न चाहन्छु ।’









-52.jpg)








