sevenstartv.com २७ साउन २०८३, बुधवार

रास्कोट अस्पतालमा हिनामिना भएको छैन : मुकुल ढकाल

२७ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले रास्कोट अस्पतालमा हिनामिनाको सम्भावना नरहेको दाबी गरेका छन् ।

रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसनको विषयमा समाचार आएपछि बिहीबार सामाजिक सञ्जालबाट ढकालले रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएकाले कुनै पनि प्रकारको हिनामिनाको सम्भावना नरहेको बताएका हुन् ।

उनले भने 'रास्कोट अस्पताल र रवि लामिछाने फाउन्डेसन दुईवटा फरक संस्था हो । रास्कोट अस्पतालमा पैसा पुगेपछि टेन्डर विधिबाट पैसा निकासा गरिएको थियो, त्यसकारण यसमा कुनै पनि प्रकारको हिनामिनाको सम्भावना छैन ।  तर, रवि लामिछाने फाउन्डेसनको पैसा हिनामिनाको शंका आफूलाई त्यतिबेला नै लागेको उनको दाबी छ । 'मैले तत्कालीन अध्यक्ष रवि लामिछानेलाई पैसा हिनामिनाको विषयबारे लिखित जानकारी गराएको थिएँ । दुवै संस्थाको सञ्चालक समितिको सदस्यमा म थिएँ, र केही चेकमा मेरो हस्ताक्षर पनि छन्,' उनको भनाइ छ ।

आफूले काटेको चेक कुनै हिनामिनामा संलग्न नरहेको दाबी गरेका उनले त्यसको पूरै जिम्मेवारी लिने बताएका छन् । उनले फाउन्डेसन र अस्पतालको विषयमा रवि लामिछाने, डीपी अर्याल, दीपक बोहोरा, निकिता पौडेल र आफूमाथि छानबिन गर्न पनि माग गरेका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्