sevenstartv.com २८ साउन २०८३, बिहिवार

प्रचण्ड भ्रष्टाचारीका संरक्षक रहेको प्रधानमन्त्री ओलीको आरोप

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको बताएका छन् । शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले माओवादी देशमा आएसँगै जाली, फटाहा, बेइमानी शुरु भएको र मान्छेहरुलाई दुःख दिने कुप्रचार गर्ने काम शुरु भएको आरोप लगाए । उनले नराम्रा कामहरुको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष दाहालले गरि रहेको बताएका छन् । उनले माओवादी केन्द्र नेकपा एमाले र आफूबिरुद्ध बढी भ्रम पैदा गर्नेमा सक्रिय रहेको बताए । 

उनले आफू जतिसुकै भ्रम पैदा गरेपनि सहन गरेर बसिरहेको बताए । झुटको खण्डन गरेर आफूहरु अघि बढ्ने र झुटोलाई पराजित गरेरै छोड्ने उजको अठोट थियो । अध्यक्ष दाहाल भ्रष्टाचारीको संरक्षक, भ्रष्टाचारीलाई काँध हालेर कुद्ने मान्छे भएको बताएका छन् । उनले नेकपा एमाले जनताको मनमा बस्यो र एमाले अध्यक्ष स्थापित भयो भन्ने पीर माओवादीलाई परेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्