विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग : मन्त्री दाहाल
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन् । आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको बताएका हुन् ।
उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको उल्लेख गरे । उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताए । उनले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौति बनिरहेको बताएका छन् । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताए ।

















