sevenstartv.com २७ साउन २०८३, बुधवार

सुशासन कायम गर्नेकुरा सरकारको मुख्य एजेण्डा रहेको सञ्चारमन्त्रीको तर्क

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन कायम गर्नेकुरा अहिलेको सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा द राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन कायम भएमात्रै राजनीतिक स्थिरता कायम हुने बताएका हुन् । 

उनले सरकारको स्थिरताका कायम हुँदै मात्रै विकास निर्माण सम्भव हुने बताए । उनले सुशासन कायम गर्नका लागि ठूला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने र सोहीअनुसार अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताएका छन् । 

उनले पुँजीगत खर्च बढाउने कुरा सरकारले प्रमुख प्राथमिकतामा राखेको बताए । उनले अहिलेको सरकारले जनताका माग सम्बोधन गर्नेगरी कामहरु अघि बढाइरहेको बताएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्