sevenstartv.com २८ साउन २०८३, बिहिवार

त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना

२ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सेवा सुविधाको माग राखेर आन्दोलनरत त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कर्मचारीहरूले उपकुलपति (भीसी) कार्यालय अगाडि धर्ना दिएका छन् । ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने बताइएको छ । 

कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरुको छ । नेपाल स्वास्थ्य सेवा ऐन अनुसार  त्रिभुवन विश्वविद्यायमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्वि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनु पर्ने माग पनि कर्मचारीको छ ।

यसअघि २७ मंसिरमा त्रिविको सभामा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदा पनि कर्मचारीहरूले नाराबाजी गरेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्