sevenstartv.com २८ साउन २०८३, बिहिवार

लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी

२ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी भएको छ । 

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा लेखा समितिका सभापति पोखरेलकी पत्नी अञ्जनासहित २५ जनालाई अदालतमा उपस्थित हुन मंगलबार म्याद जारी भएको हो । यसअघि नै मुद्दा चलेका तर उपस्थित नभएका २५ जनाको हकमा मोरङ जिल्ला अदालतले उपस्थित हुन आउनू भनी ३५ दिने म्याद जारी गरेको हो । 

सोही सहकारी प्रकरणमा जोडिएका अन्य १० जनाविरुद्ध भने यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । पक्राउ परेकाबाहेक २५ जनाको हकमा म्याद जारी भएको हो । लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्