सरकार जनमुखी भएर चल्न नसकेको झलनाथ खनालकाे आरोप
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता खनालले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरु आइरहेको बताएका हुन् ।
उनले देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए ।
उनले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरु नगरेको बताएका छन् । उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गरेका छन् ।













