नेकपा एससँग सैद्धान्तिक सहमति भयो : वामदेव गौतम
काठमाडौं । नेकपा एकीकृत समाजवादी र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ ।
बुधबार नेकपा एकीकृत समाजवादीको पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरेका छन् ।













