sevenstartv.com ३१ साउन २०८३, आइतवार

आगामी फागुन दोस्रो साता श्रम तथा रोजगार सम्मेलन गर्ने सरकारको तयारी, रोजगारीको क्षेत्रमा आएको संकुचन सुधार हुने अपेक्षा

१७ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो । 

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौती विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजनामा सुझाव लिने बताइउको छ । 

अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले बताए । उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भूमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।