संसदीय समितिमा विचाराधिन विधेयक अघि बढाउन कांग्रेस एमालेले थाले गृहकार्य
काठमाडौं । लामो समयदेखि संसदीय समितिहरुमा विचाराधिन विधेयक तत्काल अघि बढाउन सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले गृहकार्य थालेका छन् । अहिले संसदमा १९ वटा विधेयक विचाराधीन अवस्थामा रहेका रहेका छन् ।
जसमा केही विधेयकहरु सरकारले थप गरेर करिव ३० वटा भन्दा विधेयक आगामी अधिवेशनबाट पारित गर्नेगरी गृहकार्य थालिएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनु भयो । संसदमा रहेका १९ वटा विधेयकबाहेक सरकारले संघीय प्रहरीसम्बन्धी दुई वटा र अर्थ सम्बन्धी केही विधेयकहरु गरी ११÷१२ वटा विधेयक संसदमा दर्ता गराउने तयारी गरेको छ ।
प्रमुख सचेतक घिमिरेले संसदको अधिवेशन सकिएपछि सांसदहरु जिल्ला जाने र संसदीय समितिमा गणपूरक संख्या नपुग्दा बैठक बस्न नसकेको स्पष्ट पार्नुभयो । विधेयकमाथिको छलफल समयमा नसकिँदा काम गर्न नपाएको भन्दै प्रदेश र स्थानीय लामो समयदेखि गुनासो गरेकाले सरकारको नेतृत्व गरिरहेका ठूला दल विधेयक पारित गर्ने गृहकार्यम लागेका हुन् ।
कांग्रेस र एमालेले विचाराधिन विधेयकमा सहमति जुटाउन संयन्त्र समेत बनाएको छ । संयन्त्रले समितिबाट विधेयक चाँडो पास गर्नका लागि सांसदहरुसँग छलफल गरिरहेको छ ।














