sevenstartv.com ४ असोज २०८३, आइतवार

बिहीबार संसदमा अनिवार्य उपस्थिति हुन सांसद्लाई दलहरुको निर्देश

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बिहीबार बस्ने राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसद्लाई निर्देश गरेका छन् ।

राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष दुवैतिर उस्तै संख्या छ । यस्तो अवस्थामा अध्यादेशहरू निर्णयार्थ पेस गर्न लागिएकाले दलहरूले आ–आफ्ना दलका सांसदलाई सभाको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देश गरेका हुन् । राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज र टेलिफोनबाटै आफ्ना सांसदलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न भनेका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस १६, नेकपा एमाले १० र लोकतान्त्रिक समाजवादी पार्टीका एक गरी सत्तापक्षतर्फ २७ जना सांसद छन् । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ । विपक्षमा नेकपा माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी ८ र राष्ट्रिय जनमोर्चाका एक गरी २६ जना सांसद् विपक्षी मोर्चामा छन् ।

 राष्ट्रिय सभामा तीन जना सांसद रहेको जनता समाजवादी पार्टी नेपाल भने निर्णयमा पुगिसकेको छैन । राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको अध्ययन गरिरहेको छ । जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान बस्दैछ । उक्त बैठकबाट निर्णय लिइने जसपा नेपालका नेताहरू बताउँछन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्