sevenstartv.com ८ असोज २०८३, बिहिवार

राजसंस्था मरिसकेको बाघ हाे : सांसद् गुरूङ

२३ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् धनराज गुरूङले राजसंस्थालाई मरिसकेको बाघको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभामाको बैठकमा उनले यस्तो बताएका हुन् ।

सांसद् गुरुङले भने , ‘२०६२/६३ सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेट्दै लखेट्दै लैजाँदा भीरबाट लडेर मरेको बाघलाई दुई चार जनाले फेरि काँधमा बोकेर यो जिउँदै छ, जिउँदै छ भनेर आउँदैमा हामी पनि त्यही लहलहैमा लागेर साँच्चै जिउँदै हो कि भनेर त्यो मरिसकेको बाघलाई लात्ताले हान्ने हामी पनि उस्तै हौं कि ।’

राजसंस्था मरिसकेको बाघको संज्ञा दिएका उनले त्यसको सिनो बोक्नेको काँध पनि गन्हाउने भन्दै छेडखानी गरेका छन् ।  ।

 

यो पनि पढ्नुहोस्