sevenstartv.com ९ असोज २०८३, शुक्रवार

७१ जिल्लामा फैलियो डेंगु

२१ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । गर्मी बढ्दै जाँदा ७१ जिल्लामा डेंगु फैलिएको छ । जनवरीयता २ जुनसम्म एक हजार १३५ जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागले जनाएको छ । 

यसमध्ये सबैभन्दा बढी काठमाडौंमा संक्रमण पुष्टि भएको छ । शाखाका अनुसार  वर्षा सुरु भएकाले ठाउँठाउँमा पानी जम्ने र डेंगु फैलाउने लामखुट्टेको आतंक बढ्ेसँगै संक्रमण दर पनि बढ्दै गएको हो  । 

गत वर्ष ४६ हजारमा डेंगु संक्रमण देखिएको थियो । डेंगुकै कारण १५ जनाको मृत्यु भएको थियो । पूर्वतयारी नहुँदा र सावधानी नअपनाउँदा गत वर्ष बढी संक्रमण देखिएको थियो । गत वर्षभन्दा यसपालि २ जुनसम्म कम संख्या देखिए पनि केही दिनमै संक्रमण दर ह्वात्तै बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्