sevenstartv.com १८ साउन २०८३, सोमवार

राष्ट्रिय सभाको बैठक आज बस्दै

९ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ः१५ मा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९/०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्