sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सांसद् झाले गराए सरकारको ध्यानाकर्षण

१३ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सांसद् मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

आज प्रतिनिधिसभाको बैठकमा उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएको बताएका हुन् । साथै सी चेकका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर प्रश्न गरे ।

‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै सञ्चालितहरूलाई पोस्न सेटिङ त गरिएको छैन‚’ उनले प्रश्न गरे ।  उनले राजनीतिक प्रलोभनका कारण दैनिक पाँच करोड लस भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्