'कांग्रेस र एमाले गठबन्धन लामो समयसम्म रहदैन्'
काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा सदस्य सुरेशकुमार आलेमगरले कांग्रेस र एमाले गठबन्धन लामो समयसम्म नरहने बताएका छन् ।
आज राष्ट्रिय सभा बैठकमा उनले सरकारमै रहेका मन्त्रीहरुले एमालेसँगको गठबन्धन खुकुरीको धारमा हिँडेजस्तै भएको भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै धेरै समय वर्तमान गठबन्धन टिक्न नसक्ने दाबी गरेका हुन् ।
उनले यतिबेला बनेको गठबन्धनको दीर्घायुको कामना माओवादीले गर्ने बर्ताएका छन् ।















