चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं । चार वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्ने छ । बैठकमा आर्थिक वर्ष २०८०/८१ को पाँचौँ वार्षिक प्रतिवेदनमाथि छलफल सङ्घीय संसद सचिवालयले जनाएको छ ।















