sevenstartv.com १८ साउन २०८३, सोमवार

एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ । बैठकमा पोलिटब्युरो सदस्यहरूले आ-आफ्नो धारणा राख्ने बताइएको छ ।

बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र राजनीतिक परिस्थितिका बारेमा सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै एमालेले पनि चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।

महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा सदस्यतादेखि सङ्गठन विस्तारको खाका प्रस्तुत गरिएको छ ।

एमालेले सङ्गठित सदस्यको सङ्ख्या १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत सङ्गठित सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्