sevenstartv.com १८ साउन २०८३, सोमवार

सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हाे : गृहमन्त्री लेखक

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको बताएका छन् ।

आज कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा उनले प्रहरीको सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताएका हुन् ।

उनले नेपाल प्रहरीलाई समयानुकूल अनुसन्धानका लागिसमेत अब्बल बनाउनुपर्ने धारणा व्यक्त गरे। पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनको भनाइ छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्