sevenstartv.com ११ साउन २०८३, सोमवार

प्राविधिक समस्या समाधानपछि फेसबुकको सेवा पुनः सुचारु

३ साउन २०८३, आइतवार स्टार संवाददाता

केही समयदेखि विश्वभरका प्रयोगकर्ताले भोगिरहेको प्राविधिक समस्यापछि सामाजिक सञ्जाल फेसबुकको सेवा पुनः सामान्य रूपमा सञ्चालनमा आएको छ।

प्राविधिक समस्याका कारण फेसबुक खोल्न, पोस्ट हेर्न, रिफ्रेस गर्न तथा अन्य सुविधाहरू प्रयोग गर्न कठिनाइ भएको भन्दै धेरै प्रयोगकर्ताले गुनासो गरेका थिए। समस्या समाधान भएसँगै अहिले अधिकांश प्रयोगकर्ताले फेसबुक सामान्य रूपमा प्रयोग गर्न सकिरहेका छन्।

कम्पनीले समस्याको कारणबारे विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। यद्यपि सेवा पुनः सुचारु भएसँगै प्रयोगकर्ताको पहुँच सामान्य अवस्थामा फर्किएको छ।

यसअघि देखिएको अवरोधले नेपालसहित विभिन्न देशका लाखौं प्रयोगकर्तालाई केही समय प्रभावित बनाएको थियो।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्