sevenstartv.com २५ साउन २०८३, सोमवार

२० वर्षमुनिका युवालाई छोटो भिडियो बनाएर एकलाख रुपैयाँ पुरस्कार जित्ने अवसर

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाण्डौ - २० वर्षमुनिका प्रतिभावान युवालाई छोटो भिडियो बनाएर एकलाख रुपैयाँ पुरस्कार जित्ने अवसर आएको छ । अस्कर कलेज र चलचित्र विकास बोर्डको सहकार्यमा चौथो युवा सर्ट फिल्म फेस्टिभल प्रतियोगिताको आह्वान भएको हो ।

प्रतियोगितामा पहिलो हुनेले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कार विजेता प्रतियोगीले अस्कर कलेज पढ्न चाहेमा कलेजले ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पनि आयोजकले जनाएको छ ।

सर्ट फिल्म कम्तीमा आठ मिनेट र बढीमा १५ मिनेटको हुनुपर्नेछ । भदौ ८ गतेसम्म आफूले बनाएको भिडियो बुझाइसक्नुपर्नेछ ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्