पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो
पाल्पा । सिद्धार्थ राजमार्गमा भएको टिपर दुर्घटनामा परेका चालकको बुटवलको अस्पतालमा मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा टिप्पर दुर्घटनामा परि ३५ वर्षीय हेमबहादुर लम्तरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बुटवलबाट तानसेन पाल्पातर्फ जाँदै गरेको लु.२ ख १७१९ नम्बरको खाली टिपर आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी १२० मिटर तल खोलामा खसेको थियो ।
प्रहरीले तिनाउ ३ सिसुवा घर भएका लम्तरी घाइते भएको र उपचारका लागि मर्सिसिटी अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जानकारी गराएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई छ ।




















