sevenstartv.com ११ साउन २०८३, सोमवार

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण

७ साउन २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ ।यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयको दाबी छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्