निर्वाचनमा सहभागी नहुने दलको दल दर्ता खारेज गर्ने प्रस्ताव
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागी नहुने राजनीतिक दलहरूको दर्ता खारेज गर्ने प्रस्ताव संसदीय सुनुवाइ समितिमा पेस गरेका छन् ।
कार्कीले राजनीतिक दलहरूलाई चन्दाको निर्भरताबाट मुक्त गर्न पछिल्लो निर्वाचनको मत परिणामका आधारमा सार्वजनिक कोषबाट अनुदान दिने नीतिगत व्यवस्था गर्ने योजना अगाडि सारेका छन् ।
संवैधानिक परिषद्ले प्रस्तावित प्रमुख आयुक्त कार्की तथा आयुक्तहरू डा. राजीव सुब्बा र गुरु वाग्लेको संसदीय सुनुवाइ आगामी साउन १३ गतेका लागि तय गरेको छ ।




















