पर्सामा ठूलो परिणामको गाँजा बरामद
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका १ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरेका हुन् ।
लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेका थिए। खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो ।
त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यलयले जानकारी दिएका छन् ।




















