sevenstartv.com १५ साउन २०८३, शुक्रवार

प्रदेश प्रहरी र समावेशी सुरक्षा निकाय नहुँदा मधेसमा समस्या बल्झियो-सीके राउत

‘र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग

१५ साउन २०८३, शुक्रवार स्टार संवाददाता

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मधेसमा भएको पछिल्लो हिंसात्मक घटनाको समाधानका लागि स्थायी 'र्‍याट्स' टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग गरेका छन्।

उनले अप्रिय घटना भए वार्ता र सम्झौतामार्फत तीन घण्टाभित्रै समस्या समाधान गरी शव व्यवस्थापन गर्नुपर्ने र हरेक जिल्लामा 'अन्तरधार्मिक काउन्सिल' गठन गरी मासिक बैठक बस्नुपर्ने प्रस्ताव राखेका छन्।

राउतले सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रहरीलाई धार्मिक संवेदनशीलताका विषयमा पुनर्तालिम दिनुपर्ने र सेना तथा प्रहरीमा स्थानीय भाषा बुझ्ने जनशक्ति नहुँदा समस्या आउन सक्ने बताएका छन्।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्