sevenstartv.com १५ साउन २०८३, शुक्रवार

राष्ट्रपतिद्वारा गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

१५ साउन २०८३, शुक्रवार स्टार संवाददाता

 राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय भएर श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना तथा सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष र आन्दोलनहरूमा पुर्‍याएको नेतृत्वदायी भूमिका पनि स्मरण गरे ।राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा नेता श्रेष्ठले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहिरहने राष्ट्रपतिको भनाइ थियो ।

राष्ट्रपति पौडेलले श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्षति पुग्नुका साथै मुलुकले निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी व्यक्ती गुमाएको आफूले महसुस गरेको पनि बताए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्