sevenstartv.com १५ साउन २०८३, शुक्रवार

लगातार ४ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ

शेयर बजार परिसूचक नेप्से १२.९६ अङ्कले बढेर २ हजार ६८५.५४ विन्दुमा

१५ साउन २०८३, शुक्रवार स्टार संवाददाता

 लगातार ४ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १२.९६ अङ्कले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १८० वटा कम्पनीको शेयर बढेकोमा ८२ वटाको घटेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बोटलर्स नेपाल (तराई) को शेयर ५.३३ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ३३७ वटा कम्पनीका ८८ लाख ५१ हजार कित्ता शेयर ३ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्