जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल
मधेशका जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थाल्नुभएको छ ।
सुनसरी र सिरहामा भएका झडपमा तीन जना युवाको मृत्यु भएपछि तराईका जिल्लाहरूमा उत्पन्न आन्दोलन शान्त पार्न सरकारले संवादको पहल गरेको हो ।प्रशासनले केही स्थानबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही जिल्लामा निषेधाज्ञा भने कायमै राखेको छ ।

















