sevenstartv.com १८ साउन २०८३, सोमवार

दुर्गा प्रसाईं पक्राउ,रातिदेखि हिरासतमा

के भन्छ प्रहरी ?

१८ साउन २०८३, सोमवार स्टार संवाददाता

प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ ।

हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेका थिए ।राति १० बजे भक्तपुर प्रहरीको टोली उनलाई पक्राउ गर्न निकोसेरास्थित निवास पुगेको थियो ।
भक्तपुर प्रहरीका एसपी सूर्य खड्काले सार्वजनिक शान्ति सुरक्षाको कसुरमा प्रसाईंलाई पक्राउ गरिएको बताए ।
शान्ति सुरक्षा खलबल्याएको आरोपमा प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।

प्रहरीले प्रसाईंलाई आज अदालतबाट म्याद थपेर अनुसन्धान जारी राख्ने बताएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्