sevenstartv.com १८ साउन २०८३, सोमवार

नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक छ : मन्त्री पाण्डे

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन् । 

भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताएका हुन् । उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने जिकिर गरे ।

उनले भने, ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ, नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ। यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ, नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ, टिकट बढी मूल्य लिन सक्दैन, त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ, उसले पनि टिकटको पैसा बढी लिन सक्दैन, यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ।’

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्