विदेशबाट फर्किँदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य सामग्री नल्याउन आग्रह
सरकारले वैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परी सुन तथा बहुमूल्य धातु नल्याउन विशेष आग्रह गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध सुन ओसारपसारमा संलग्न हुनेलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
सुरक्षा कार्यालयले यात्रुहरूलाई आफ्नो झोलाको विवरण आफैं राख्न र कुनै पनि शङ्कास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।


















