सुनको मूल्य पुनः प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम
काठमाडाैँ -सुनको मूल्य पुनः प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ।
चाँदीको मूल्यमा पनि ६५ रुपैयाँ वृद्धि भई आज प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ कायम भएको छ।














