sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

विपद्का घटना बढे, पूर्वतयारी खै ?

जनधनको क्षती

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ - साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीघटनामा २० जना घाइते भएका छन् ।

यो अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन् । विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ ।

सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित ३८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ ।
गत वैशाख १ देखि यही साउन २४ गतेसम्म देशभर चार हजार ४ सय ५२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २ सय ५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३ सय ४७ जना घाइते भएका छन् भने पाँच हजार ४ सय ९२ परिवार प्रभावित भएका छन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्