sevenstartv.com २५ साउन २०८३, सोमवार

दोलालघाटबाट बेपत्ता तिलकुमारीको शव ओखलढुंगामा भेटियो, केदारनाथको अवस्था अझै अज्ञात

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

काभ्रेपलाञ्चोक -काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको सीमास्थित सुनकोशी नदीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ मा तिलकुमारीको शव फेला परेको हो ।

‘आइतबार ओखलढुंगाको सुनकोशी नदीकिनारामा शव फेला परेपछि पुष्टिका लागि परिवारमा फोटो पठाइएको थियो । पराजुलीको काटिएको कपाल र पिसाब थैलीको आधारमा शव पुष्टि भएको हो,’ विष्टले भने ।

तिलकुमारीसँगै बेपत्ता उनका श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात रहेको छ । प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाएको छ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् ।

बुधबार रातिदेखि नै सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले उनीहरूको खोजी कार्यलाई जारी राखेका थिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्