sevenstartv.com १८ साउन २०८३, सोमवार

उदयपुरमा माओवादी केन्द्रको केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक शुरु

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक शुरु भएको छ ।

उदयपुरको बेलका नगरपालिका-८ रामपुरमा एकदिने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक शुरु भएको हो । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा शुरु भएको बताइएको छ । 

बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि उपस्थित छन् । पार्टीको एकदिने परामर्श बैठकमा संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । 

प्रदेशका पार्टी पदाधिकारीसहित पार्टीभित्र रहेका भ्रम चिर्न र पार्टी कार्यकर्तालाई गोलबन्द बनाउन बैठकले जोड दिने बताइएको छ ।  बैठक आज साँझ सम्पन्न हुनेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्