sevenstartv.com २७ साउन २०८३, बुधवार

नाइमा मोबिलिटी एक्स्पोमा आज नयाँ मोडलहरू सार्वजनिक गर्ने तयारी

२७ साउन २०८३, बुधवार स्टार संवाददाता

काठमाण्डौ – भृकुटीमण्डपमा हिजोदेखि शुरु भएको `नाइमा मोबिलिटी एक्स्पो–२०२६’ मा एकैदिन २९ हजार जना भन्दा धेरैले अवलोकन गरेका छन् ।

हिजो बिहान ११ बजे शुरु भई दिउँसो एक बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको प्रदर्शनीमा हिजो  पहिलो दिन २९ हजारभन्दा धेरैले अवलोकन गरेका नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ  । एक्सपोका ५३ स्टलमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै नयाँ मोडलहरू राखिएका छन् ।

एक्सपोमा केही नयाँ मोडलहरू आज सार्वजनिक गर्ने नाइमाले जनाएको छ । एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अरू उत्पादनहरू समेटिएका छन् ।

एक्स्पो यही साउन ३१ गतेसम्म चल्नेछ ।  

पहिलेका वर्षहरुमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि दुईवटा अटो शो हुन थालेका हुन् । यो वर्ष पनि अटो व्यवसायीहरूका दुई ठुला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले छुट्टाछुट्टै अटो शो आयोजना गरेका हुन् । भदौ ९ गतेदेखि १४ गतेसम्म नाडाको आयोजनामा ‘नाडा अटो शो–२०२६’ सञ्चालन हुनेछ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्