भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै
भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक भ्रमणका लागि आज अपराह्न काठमाडौँ आइपुग्ने कार्यक्रम छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नेछन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग द्विपक्षीय हित र आपसी सहयोगका विषयमा भेटवार्ता गर्ने तयारी छ।




















