sevenstartv.com ३१ साउन २०८३, आइतवार

काठमाडौँ उपत्यकासहित २९ जिल्लामा बाढीको जोखिम

३१ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ - जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्‍न २९ जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।

यद्यपि आज सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, तनहुँ, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, बाँके, बर्दिया, बैतडी, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना रहेको छ।

त्यसैगरी भोलि र पर्सि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्