sevenstartv.com ३१ भदौ २०८३, बुधवार

पूर्वसभापति देउवानिकट समुहको बैठक २ बजे चुनदेवीमा बस्दै

२९ भदौ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट समूहले आकस्मिक बैठक बोलाएको छ । पार्टीको १५ औं महाधिवेशनबारे छलफल गर्न असन्तुष्ट समूहले आकस्मिक बैठक बोलाएको हो ।

पूर्वसभापति शेरबहादुर देउवानिकटका नेताका अनुसार चुनदेवीस्थित सम्पर्क कार्यालयमा दिउँसो २ बजेका लागि आकस्मिक बैठक भनेर आफ्ना पक्षका सबै नेताहरुलाई बोलाइएको छ ।

दिउँसो २ बजे बस्ने बैठकपछि अपरान्ह ४ बजे पत्रकार सम्मेलन गरेर समूहको धारणा सार्वजनिक गर्ने तयारी चुनदेवीले गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्