sevenstartv.com १९ साउन २०८३, मङ्गलवार

राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन भदौ ३१ गते

२५ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतका दुई संसदीय समिति सभापतिको निर्वाचन आगामी भदौ ३१ गते हुने भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचन आगामी भदौ ३१ गतेलाई निर्धारण गरेका हुन ।

अध्यक्ष दाहालले समितिका सभापतिको निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिए ।

उनले भने, “राष्ट्रियसभा नियमावली २०७५ को १५० बमोजिम विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका रिक्त सभापति पदको निर्वाचनका लागि मिति २०८१ भदौ ३१ गते सोमवारको दिन तोकेको छु । समितिका सभापतिको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्न राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्याललाई निर्देशन दिन्छु ।“

राष्ट्रियसभाको अर्को बैठक भदौ ३० गते आईतबार दिउँसो सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्