sevenstartv.com १८ साउन २०८३, सोमवार

देउवाले गरे पार्टी नेतृत्व हस्तान्तरणको संकेत

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन् ।

पार्टी कार्यालयमा उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे । उनले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति काँग्रेस र एमालेको नभएको बताए ।

उनले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले काँग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताए । उनले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताए ।

सभापति देउवाले भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गरे । उनले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौति दिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्