सरकारलाई गलत देखाउन केही मान्छेहरु टाउको टेकेर हिँडिराखेका छन्ः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत देखाउन केही मानिसहरु टाउको टेकेर हिँडिरहेको टिप्पणी गरेका छन् ।
टाउको टेकेर हेरिदिएपछि अरु सबै मान्छे उल्टो हिँडेको देखिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई गलत देखाउन, एमालेको नेतृत्वमा भईरहेको कामलाई गलत देखाउनका लागि टाउको टेकेर हिँड्ने काम गरिरहेको जिकिर गरे ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किसानको दुधको वक्यौता रकम तिर्नका लागि सरकारले दुग्ध विकास संस्थानलाई ६० करोेड ऋण दिँदा उल्टो संस्थानलाई ऋण बोकाइयो भनेर टाउको टेकेर हिँड्नेहरुले उल्टो कुरा गरिरहेको बताए ।
किसान वक्यौता रकम तिर्नका लागि सरकारले दिएको ६० करोड रुपैयाँलाई पनि दुग्ध विकास संस्थानलाई ऋणको भारी बोकाइयो भनेर कलात्मक ढंगले बेइमानीपूर्ण समाचार दिएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाए ।
प्रधानमन्त्री ओलीले सरकारलाई अघि बढ्न नदिने काम भईरहेको बताए ।














