२०८१ भित्र सडक बालबालिका मुक्त देश बनाउने अभियानमा छौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ साल भित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने अठोट लिएको बताएका छन् ।
६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सडक बालबालिका मुक्त देश बनाउनका लागि सरकारले ठूलो अभियानसहितको अठोट लिएको बताएका हुन् ।
उनले बालबालिकाहरुलाई सडकमुक्त गरउन आफूले पहिलो पटक प्रधानमन्त्री भएको बेलादेखि नै अभियान नै सञ्चालन गरेको र त्यसलाई फेरि निरन्तरता दिएको पनि स्मरण गराए ।
प्रधानमन्त्री ओलीले बालबालिकाहरुले गरिवी झेल्नुपर्ने अवस्थामा अन्त्यका लागि सरकारले पर्याप्त ध्यान दिएको पनि बताए ।
विश्वको गरिवी यथावत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाहरुलाई त्यस अवस्थाबाट मुक्त गराउन सरकारले पर्याप्त दिनुपरेको पनि स्पष्ट पारे ।
उनले बालबालिकाहरु वन्धन र नियन्त्रणमा नभइ उन्मुक्तिमा बाँच्न पाउनुपर्ने बताए ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघले समेत बाल अधिकारमा जोड दिएको तथ्य पनि उजागर गरे ।














