बीचबीचमा टाउको निकाल्दैमा राजतन्त्र नआउने प्रधानमन्त्री ओलीको तर्क
नयाँ पार्टी खोलेर २०८४ मा चुनाव लड्न पूर्व राजा शाहलाई सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीमा बस्दैमा कोही राजा बन्न नसक्ने बताएका छन् । महोत्तरीको गौशालामा आईएमई ग्रुपले स्थापना गरेको नेपाल पल्प पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजालाई पार्टी खोलेर चुनावमा आउन चुनौती दिएका हुन् ।
खोलिएकै पार्टीलाई आफ्नो भनेर, नभए नयाँ पार्टी खोलेर २०८४ मा चुनाव लड्न शाहलाई उनको सुझाव छ । प्रधानमन्त्री ओलीले भुलभुलैया, नाटक, तमासमा नपर्न नागरिकसँग आग्रह गर्दै सरकारलाई दन्तबजान गर्ने फुर्सद नरहेको बताए ।
उनले मुलुकको दक्षिण क्षेत्रका सडक हुलाकी राजमार्गलगायत सडक फराकिलो नबन्दा मधेशको विकास हुन नकसकेको बताए । फराकिलो सडक बनाएर नया सहर घोषणा गरी मधेशको विकास गर्न सकिने उनको भनाइ थियो ।












-45.jpg)
