sevenstartv.com ४ असोज २०८३, आइतवार

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा आज भारत प्रस्थान गरेकी छन् । मन्त्री डा. राणा भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि पुग्नुहुने कार्यक्रम छ ।

मन्त्री डा. राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे । मन्त्री डा. राणा भारतको विदेश मन्त्रालयद्वारा यही मार्च १७ देखि नयाँ दिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी हुने छिन् । 

भारत सरकारको निमन्त्रणामा उक्त डायलगमा मन्त्री डा. राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरुको सहभागिता रहनेछ । सो कार्यक्रमलाई मन्त्री डा. राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

साथै यही भ्रमणकै क्रममा मन्त्री डा. राणाले आफ्नो स्वास्थ्य जाँचको फलो अप पनि गराउने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्