sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

अलिकति प्रतिगामी सलबलाए पनि धेरै प्रभाव नपरेको नेकपा माओवादी केन्द्रको निष्कर्ष

सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको जिकिर

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले काम गर्न नसक्दा राजावादीहरू आशावादी भएर सडकमा आएको निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा भएको शीर्ष नेताहरूको छलफलले यस्तो निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

आफूहरूले गणतन्त्र ल्याउन रगतको खोलो बगाएर पौडी खेलेको बताउँदै उनले अहिले धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मरतीमा नरमाउन पनि आग्रह गरे । जनतालाई भ्रमित पार्ने उद्देश्यतिर केही शक्तिहरू लागेको पार्टीको निष्पकर्ष रहेको उनको भनाइ छ । 

सरकारले सुशासन दिन नसक्दा व्यवस्था विरोधीहरू खुसी हुन लागेको उनको दाबी छ । प्रवक्ता सापकोटाले सरकारका नराम्रा कामको फाइदा उठाएर व्यवस्थाविरोधीले अभियान सञ्चालन गरेको बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्