ज्ञानेन्द्र शाहको उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा संविधानविपरीतका कामहरू भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद् बर्तौलाले संविधानको धारा १ मा संविधानको पालना गर्नु प्रत्येक नागरिकले पालना गर्नुपर्ने लेखिए पनि पूर्व राजा शाह र उनका समर्थकहरूले संविधान विपरीत कार्यहरू गरेकाले सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका हुन् ।
‘पछिल्लो केहीदिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नाम र उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरू भइरहेका छन्’, उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउँदै भने, ‘पञ्चायतकालीन गान गाउने,मुलुकको अहिलेको राष्ट्रिय गानको अवमूल्यन गर्ने किसिमका संविधानविपरीत काम भइरहेका छन् ।’












-45.jpg)
