स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् मेटमणि चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
सांसद् चौधरीले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरी किसानका मागहरूको बेवास्ता गरेको आरोप लगाए । उनले आन्दोलनरत किसानहरूसँग भएका सामाग्रीहरू समेत सरकारले डकैती शैलीमा खोसेको आरोप लगाए ।
उनले भने, ‘दाङका किसानहरू धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौँ राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरूको साथमा रहेको सामानहरू डकैती शैलीमा खोसिएको छ ।’












-45.jpg)
